काठमाडौं । एमालेको भ्रातृ अनेरास्ववियुले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाइट बालेर सरकार खोज्नुपरेको बताए ।
अनेरास्ववियुले तस्करीमा संलग्नलाई पक्राउ गर्नुको साटो सरकारले संसद् रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।