• जेष्ठ २८ २०८२, मंगलवार

पक्राउ परिन् कानुन व्यवसायी भगवती पाण्डे  

श्रावण १७ २०८०, बुधबार

काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने भएकोले मिनीहरुबाट हुने सन्तान एकोहोरो र कट्टर हुने अभिव्यक्ति दिएकी थिइन् ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।