• जेष्ठ २८ २०८२, मंगलवार

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने भन्दै जनजातिहरुद्वारा टेकु प्रहरीमा प्रदर्शन

श्रावण १७ २०८०, बुधबार

काठमाडौं । जनजाति समुदायका अगुवाहरूले काठमाडौं प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै जनजाति अगुवाहरूले प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर जनजाति समुदाय त्यसको विरोधमा उत्रिएको छ । त्यही अभिव्यक्तिलाई लिएर अधिवक्ता पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङका तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए ।

बुधबार दिउँसो प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारहरू र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारसमेत गरेको थियो ।