• जेष्ठ २७ २०८२, सोमबार

राजनीतिक पूर्वाग्रहको आधारमा गरिएको गलत प्रचारको भ्रममा नपर्न बर्षमानको अपील

श्रावण १५ २०८०, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले आफ्नो परिवारको फोटो जोडर राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको गलत प्रचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।

समाजिक संजाल फेसबुक मार्फत नेता पुनले ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको प्रचार प्रति गम्भीर आपत्ति प्रकट गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । उपमाहसचिव पुनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको समर्थन गरेका छन् ।

‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्दछु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु,’ उपमहासचिव पुनले भनेका छन् ।