• जेष्ठ २७ २०८२, सोमबार

‘गरिव होइन, गरिवी हटाऊ’ भन्दै महानगर अगाडी प्रदर्शन

श्रावण १३ २०८०, शनिबार

काठमाडौं । सडक तथा साइकलमा व्यापार गर्ने साना व्यापारीमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै शनिबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

आफूहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीले भृकुटीमण्डपस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । ठेलागाडा, साइकल र फुटपाथ व्यवसायमाथि प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अरू स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।