काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीमा जलसतह बढेको छ। महाकाली नदीको डडेलधुरामा पर्ने मापन केन्द्रमा नदीको बहावले सतर्कता तह पार गरेको छ।
डडेलधुराको पारीगाउँस्थित बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतह ५.८० मिटर पुगेको छ। जुन सतर्कता तहभन्दा माथि हो।
जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरासहित कञ्चनपुरको नदी तटीय क्षेत्रमा डुवानको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले डडेलधुरा र कञ्चनपुरसहित तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।