• जेष्ठ २७ २०८२, सोमबार

विमानस्थल अध्यागमनको ‘सर्भर डाउन’ हुँदा सयौँ यात्रु मर्कामा

श्रावण १२ २०८०, शुक्रबार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा यात्रु मर्कामा परेका छन्। शुक्रबार अपराह्न साढे तीन बजेयता सर्भर नचल्दा यात्रुहरू पास हुन सकेका छैनन्।

भिस्तार एअर र कतार एअरबाट उडान गर्ने यात्रुहरूको जाँच पास हुन सकेको छैन। सर्भर नखुलेसम्म अहिले प्रभावित बनेको हवाई उडान खुल्दैन।

यसअघि बिहीबार दिउँसो पनि झन्डै दुई घण्टा ‘सर्भर डाउन’ भएको थियो। हिजो पनि अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती व्यहोर्नुपरेको थियो।

उडान–अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा पर्दै आएका छन् । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ