काठमाडौं। सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।