• जेष्ठ २७ २०८२, सोमबार

कतारबाट सुन जस्तो पहेँलो धातु ल्याएका भारतीय नागरिक पक्राउ

श्रावण ११ २०८०, बिहीबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो अवैधरूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराज पक्राउ परेका हुन् ।

उनी दोहाबाट काठमाडौं झरेका थिए । उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।