काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल जारी रहँदा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रतिनिधिसभाको रोष्ट्रममै एक मिनेट मौन धारण गरेका छन् । उनी शुक्रबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिइरहेका थिए ।
उनले बजेटले मधेश, मधेशी र नागरिकता नपाएका सम्पूर्णको अपमान गरेको भन्दै एक मिनेट मौन धारण गरे । त्यसपछि सांसद श्रेष्ठले आफू सत्ता गठबन्धकै सांसद भएकाले बजेटको विरोध गर्ने नैतिक अधिकार नभए पनि यो बजेट अहिलेकै अवस्थामा पारित हुन नसक्ने बताए ।
उनले भने, ‘कस्तो भने म सत्ता गठबन्धन, यही गठबन्धनकै सांसद हुँ । फ्लोर क्रस गर्न सक्दिनँ । तर अहिलेकै अवस्थामा बजेट पारित हुन सक्दैन ।’ उनले बजेटले मधेश अपमान गरेको टिप्पणी गरे ।