• जेष्ठ २७ २०८२, सोमबार

‘म अब सभापतिमा उठ्दिन, मिलेर काम गरौं’ : सभापति देउवा

जेष्ठ २६ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डीएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।’
एमालेभित्र उमेर हद हटाइएको भन्दै देउवाले भने, ‘हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।’

पूर्वप्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए । उनले भने, ‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानुन व्यवसायी हुन् ।’
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डीएलएको भूमिका महत्त्वपूणर् रहेको उनको भनाइ थियो ।