काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा समावेश गर्न माग गरिएको छ ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा समावेश माग गर्न माग गरेकी हुन् ।
दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।