• जेष्ठ २७ २०८२, सोमबार

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल जारी रहने

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल जारी रहनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुने आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो। सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए। त्यसक्रममा ओलीले अर्थमन्त्रीलाई यसपटक शंकाको सुविधा दिएको जनाएका थिए।