• जेष्ठ २८ २०८२, मंगलवार

सर्वोच्चले माग्यो रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ ।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।

उक्त आममाफी दिने निणर्यविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।