• जेष्ठ २७ २०८२, सोमबार

अर्थमन्त्रीलाई एमालेको ‘बेनिफिट अफ डाउट’

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । बजेट निर्माणको क्रममा अनाधृकिृत व्यक्तिको संग्लनताबारे सदनलाई स्पष्टीकरण दिएका अर्थमन्त्री डा प्रकाश शरण महतलाई एमालेले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिएको छ।

‘अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिएर अरु कुरामा पनि हामी सतर्कताका साथ हेरिरहेका छौं। हेर्छौं। यसमा कसैले प्रभाव पारेको छ, छैन? हामी करका दरसँग व्यपारीका अनुहार खोज्छौं,’ ओलीले भने।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको क्रममा असम्बन्धि व्यक्तिलाई प्रवेश गराई करका दरहरु हेरफेर गरेको भन्दै मंगलबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरुले अर्थमन्त्री प्रकाशशरण महतको जवाफ माग गरेका थिए।

सोही विषयमा कारण पहिले निर्धारण गरिएको समयभन्दा ३ घण्टा ढिला सुरु भएको बैठकको सुरुमै एमालेसहित विपक्षी दलले अर्थमन्त्रीलाई ‘करका दरमा हेरफेर’बारे अर्थमन्त्रीलाई प्रश्न सोधेका थिए।