• जेष्ठ २८ २०८२, मंगलवार

कोशी प्रदेश सरकार छाड्ने तयारीमा माओवादी

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्र  कोशी प्रदेश सरकार छाड्ने तयारीमा रहेको छ ।  नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

 

मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ ।


कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल पनि अघि बढाउने बताए ।


नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।


माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।