• जेष्ठ २८ २०८२, मंगलवार

देउवाले गरेका निणर्यहरु एकलौटी भएको भन्दै गगन गर्जिएपछि कांग्रेसमा खैलाबैला

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निणर्य गर्दै आएको बताएका छन् । पार्टीभित्र र कांग्रेससमेत संलग्न रहेको सरकारले गर्ने निणर्यमा सभापति देउवाले अरूसँग छलफल नगरी एकल निणर्य दिने काम गरिरहेको थापाको भनाइ छ ।

‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूणर्, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू निणर्य गरेको छ । रेशम चौधरीलाई आममाफी दिने निणर्य, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायत बारे सभापतिले एक्लै गरेको निणर्य हो,’ प्रेस युनियनले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा उनले भने ।

सभापतिले एकलौटी गरेका यस्ता निणर्यबारे आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने गरेको थापाको भनाइ छ ।

‘यी सबै विषयका सन्दर्भमा कांग्रेसको सभापतिले एक्लै गरेको निणर्य हो । यो निणर्य मैले तपाईं (मिडिया)भन्दा पछि थाहा पाएको हुँ,’ उनले भने, ‘अब म सहन्नँ । सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहेँ ।’

पार्टीको हित नगर्ने गलत किसिमका निणर्यको विरोध गरिने थापा बताउँछन् । ‘पार्टीका आधारभूत मान्यतासँग बाझिने गरी गरिएका निणर्य छन् त्यसको भारी पार्टीमा परेको छ । यो क्रम रोकौं,’ उनले भने, ‘लडेर, जुधेर, संघर्ष गरेर रोक्ने हो ।’
एकपछि अर्को गलत निणर्य गर्दै गए यो भारीले पार्टी उठाउनै नसक्ने गरी थिचिने थापाले बताए ।

‘म काम गर्ने तरिका बदल्न चाहन्छु । पार्टीका साथीहरू पनि नयाँ भूमिकाका लागि तयार हुनुपर्छ,’ उनले भने, ‘पार्टी भित्रका गुट गिरोहजस्ता भए । अब गुट भत्काउनु पर्यो । सदस्यता प्रणाली नै सुधार गरेर गुट भत्काउनुपर्छ ।’