• जेष्ठ २८ २०८२, मंगलवार

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत, ‘रेड कार्पेट’ र फूलै-फूल’को साजसज्जा

जेष्ठ १९ २०८०, शुक्रबार

नयाँ दिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन् । इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने फूलै–फूलको साजसज्जा गरिएको छ ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् ।

सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम छ ।