• जेष्ठ २८ २०८२, मंगलवार

भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न ३ देशीय सहमति चाँडै हुनेछ: प्रधानमन्त्री प्रचण्ड

जेष्ठ १८ २०८०, बिहीबार

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश विद्युत् निर्यात गर्ने कुरामा चाँडै तीन देशबीच औपचारिक सहमति हुने बताएका छन्। भारत भ्रमणमा रहेका उनले समकक्षी नेरन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

आफूले प्रधामन्त्री मोदीसँग कुरा गरेको र मोदी सकारात्मक रहेको बताउँदै चाँडै तीन देशबीच समझदारी हुने बताए। उनले भने, ‘भारतको बाटो हुँदै बंगलादेश बिद्युत् निर्यात गर्ने कुरामा मोदीजी सकारात्मक हुनुहुन्छ। चाँडै नै तीन देशबीच समझदारी हुने विश्वास छ।’

नेपालमा उत्पादित ५० मेगावाट विद्युत् बंगलादेश निर्यात दिने कुरामा भारतले केही समयअघि हरियो झन्डा देखाएको गियो। भारतको राजस्थानमा केही समयअघि सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपालमा उत्पादित विद्युत् बंगलादेश निर्यातका विषयमा प्रारम्भिक समझदारी जुटेको थियो।