काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ। बिहीबार पनि तोलामा ५०० रुपैयाँले बढेपछि सुन हालसम्मकै महङ्गो भएको हो।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएकव छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।