• जेष्ठ २८ २०८२, मंगलवार

प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

जेष्ठ १८ २०८०, बिहीबार

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्ड बीचको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

भेटमा नेपाल र भारतबीच सात वटा सम्झौता भएको छ। रेल, विद्युत्त, विद्युतीय भुक्तानी, पेट्रोलियम पाइप लाइन र ट्रान्समिसन लाइन निर्माणको योजनामा दुई देशबीच सहमति भएको छ। नेपाल र भारतबीच तल्लो अरुण र फुकोट कर्णालीको पीडीएमा हस्ताक्षर भएको छ।