काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेश भएको रिट हेर्न नभ्याइनेमा राखिएकाे छ।
आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट बुधबार हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेकी थिइन्।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी दिएका हुन्।
जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।