काठमाडौं । सरकारले हवाई यात्रामा भ्याट लगाएको छ। हावाई यात्राको क्रममा काटिने टिकटको शुल्कमा मूल्यअभिवृद्धि कर लाग्ने भएको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले हवाई सेवामा भ्याट लाग्ने व्यवस्था भएको बताए। आर्थिक ऐनबाट हवाई सेवामा भ्याट छुटको शीर्षकबाट हटाइएको छ।
भ्याटको गणना तथा शुल्कको व्याख्या भने आन्तरिक राजस्व विभागले गर्नेछ। यात्रुहरूले हवाई यात्राको क्रममा लिने टिकटको शुल्कमा विभिन्न शीर्षकमा भाडा तिर्छन् तीमध्ये सबै मूल्यको अन्तिम बिन्दुमा भ्याट लाग्ने छ।