काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा असन्तुष्टि जनाएका छन्।
बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविरूद्ध छ।’
राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरिदिएको विधेयक साढे आठ महिनापछि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।