• जेष्ठ २८ २०८२, मंगलवार

रेशम चौधरीलाई सजाय माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

जेष्ठ १६ २०८०, मंगलवार

काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

उक्त घटनामा श्रीमान गुमाएकी शारदा कडायत बोहराले रिट दर्ता गराएकी हुन्। सरकारले जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर चौधरीको सजाय माफी दिएको थियो।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीलाई रिहाई गर्ने निर्णय संविधान र विद्यमान कानुन विपरीत भएको भन्दै कडायतले रिट पेस गरेकी थिइन्।

टीकापुर घटनामा ८ प्रहरी अधिकारी र एक नाबालकले ज्यान गुमाएका थिए। उक्त घटनामा परी कडायतका श्रीमान प्रहरी निरीक्षक केशब बोहराले पनि ज्यान गुमाएका थिए।

आइतबार ढिला अदालत पेस भएका कारण अध्ययन गर्नुपर्ने भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरी राखेको थियो। सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।