काठमाडौँ । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा यादवविरुद्ध ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले यादव सार्वजनिक सेवा प्रवेश गरेको २०४६ जेठ ८ गतेदेखि गत असार मसान्तसम्मको अवधिमा गरेको आया आर्जन र खर्चबीचको असन्तुलन नमिलेको जनाएको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार यो अवधिमा उनको जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, विमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋणरसापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्वरकर तिरेको र बैंक मौज्दातसमेत गरी ७ करोड २४ लाख ५६ हजार २६३ देखिएको जनाएको छ।
यही अवधिमा उनको वैध आय भने जम्मा २ करोड ७७ लाख २२ हजा। ५० रुपैयाँमा मात्रै असनुसन्धाबाट खुलेको दाहालले जानकारी दिए।