• जेष्ठ २८ २०८२, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण: मंगलबार तीन अभियुक्तको बयान

जेष्ठ १६ २०८०, मंगलवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौले मंगलबार तीन अभियुक्तहरुको बयान लिन थालेको छ।

जिल्ला अदाल काठमाडौका अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु गरिएको हो। अदालतका कर्मचारीहरुले न्यायाधीशको रोहबरमा ३ जना अभियुक्त छुट्टा–छुट्टै बयान लिइरहेका छन्।

यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको थियो। गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान भएको थियो। ‍मंगलवारसम्म ८ अभियुक्तको बयान सकिने छ।

सरकारी बकिलको कार्यालयले १७ जना प्रतिवादीलाई अभियोगपत्रसँगै पेस गरेको छ। अआ ९ जना प्रतिवादीहरुको बयान बाँकी रहने छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, वहालवाला सचिव टेकनारायण पाण्डेको बयान लिन बाँकी रहेको छ। उनीहरुलाई फरक–फरक ठाउँमा न्यायिक हिरासतमा राखिएको छ।