काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको राजश्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताएका छन्। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो जानकारी दिएका हुन्।
चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए।