काठमाडौं। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।
कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’
कांग्रेस बीपीका नेता हरि भट्टले भने । सहमति अनुसार प्रतिनिधि सभातर्फ एमालेबाट उम्मेदवारी दर्ता गरेका स्नेहीले नाम फिर्ता गरेका छन् ।
एमाले र कांग्रेस वीच स्थानीय तहमा पनि तालमेल भएको थियो । स्थानीय तहमा यी दुई दलले जीत निकाल्न भने सकेनन् ।