काठमाडौं । नक्सालस्थित एक होटलमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीको अनुसन्धानमा होटल क्राउन प्लाजामा शंकास्पद मृत्यु भएको अनुसन्धानमा खुलेसँगै
युवतीको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले होटलका एक कर्मचारी र बारा सिमराका केशव रिजाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। युवतीलाई पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीले आकलन गरेको छ।
काठमाडौं चाबहिल घर भएकी ती युवतीको आगोले जलेर मृत्यु भएको पाइएको प्रहरी स्रोतले जनाएको छ। मृत भेटिएकी युवती बाराको सिमराका केशव रिजालसँग उक्त होटलमा पुगेको खुलेको छ।
रिजालले ती युवतीलाई होटलबाटै जलेको अवस्थामा उपचार गर्न भन्दै वीर अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल पुर्याएको पाइएको छ। उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए।