• बैशाख २७ २०८३, आईतवार

रुपन्देही-१ मा घनश्याम भुसाललाई समर्थन गर्न ३२ जनाले छाडे एमाले

आश्विन २६ २०७९, बुधबार

काठमाडौं । रुपन्देहीमा दुई प्रदेश कमिटी सदस्यसहित ३२ जनाले नेकपा एमाले परित्याग गरेका छन्।

बुधबार रुपन्देही–१ मा लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय र सनोज कुमार यादवसहित ३२ जनाले एमाले परित्यागको घोषणा गरेका हुन्। यादव रोहिणी गाउँपालिका निर्वतमान गाउँपालिका अध्यक्ष समेत हुन्।

बुधबार पत्रकार सम्मेलन गर्दै केही समय अगाडि नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाललाई समर्थन गर्ने गरि पार्टी परित्याग गरेको उनीहरूले बताएका छन्।

पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाउपालिका सचिव इन्द्रजित कुमार राय, गाउँपालिका कमिटी सदस्य जाहिद हुसेन खान लगायत रहेका छन्।

पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।