• बैशाख २७ २०८३, आईतवार

निर्वाचन आयोगद्वारा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

आश्विन २६ २०७९, बुधबार

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।