• बैशाख २७ २०८३, आईतवार

जसपाका मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले आजै बर्खास्त गर्ने

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो ।

जसपाका एक मन्त्रीले राजीनामा नदिए बर्खास्त हुने नरम भाषा प्रयोग गरिएको नेपाल प्रेसलाई बताए । जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री छन् । जसपाले सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवालाई मन्त्री हटाउन गठबन्धन दलको दबाब छ ।