• जेष्ठ ४ २०८३, सोमबार

हुम्लामा पहिरोमा पुरिएर एकै परिवारको ५ जनाको मृत्यु

आश्विन २५ २०७९, मंगलवार

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ। चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

पहिरोमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

पहिरोमा परेर पाँच जना घाइते भएका छन्। घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन्। घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ।