• जेष्ठ ४ २०८३, सोमबार

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा उपस्थित भए इच्छाराज तामाङ

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालत उपस्थित भएका छन्।

थुनछेक बहसका लागि तामाङ विशेष उपस्थित भएका हुन्। सम्पत्ति शुद्धीकरण विभागले भदौ १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत काठमाडौंको आदेशले पूर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध विशेषमा ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।

विभागले तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी गरेको छ।

तामाङको मुद्दा रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा पेसी रहेको छ। अन्य प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ।