काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा २ बाट युवा व्यवसायी शुशील पन्तले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्दै छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार भएसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता शुशील पन्त उनिसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पेशाले पर्यटन ब्यवसायी रहेका पन्त युवाहरुमा लोकप्रिय र राष्ट्रियता प्रति प्रति प्रतिबद्ध रहेका छन् । जनताको जनमतको दुरुपयोग नगर्ने र भ्रष्टाचार नगर्ने कसम खादै गोरखाको मुहार फेर्ने अभिलासा व्यक्त गरेका छन् ।
चितवन ३ वाट राजनैतिक किल्ला बनाउने मनस्थितिमा रहेका प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार बिक्रम पाण्डेको लोकप्रियता सँग डराएर गोरखा प्रवेश गरेका हुन् । तथापि गोरखामा पनि उनको भिडन्त राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै हुने देखिएको छ ।