काठमाडौं । बालिका बलात्कार आरोप लागेर चार दिनअघि पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज सोमबार अदालत उपस्थित गराइँदै छ।
चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौँ प्रहरी परिसर स्रोतले जानकारी दियो।
सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै १ महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।