• बैशाख २७ २०८३, आईतवार

कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले पार्टी कार्यालयमा लगाए ताला

आश्विन २३ २०७९, आईतवार

काठमाडौैं । मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्ट कार्यकर्ताहरुले हेटौडा स्थित एमाले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

हेटौंडा ५ स्थित पुष्पलाल पार्क नजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताहरुले कमल थापालाई उम्मेदवार बनाउने निर्णयकाेविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।