काठमाण्डौ। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन्।
आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गरेका हुन् ।
सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी भएका थिए।
सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देशकै समृद्धिको लागि पहल गर्ने पनि बताएका छन्।