• जेष्ठ ४ २०८३, सोमबार

पूर्व–पश्चिम राजमार्गलगायत दाङका सबै सडक एकतर्फी खुले

आश्विन २२ २०७९, शनिबार

काठमाडौं। पहिरोका कारण दुई दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्डलगायत दाङका सबै सडक एकतर्फी खुलेका छन्।

गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटमा भालुवाङ सडक खण्ड, लमही–घोराही सडक खण्ड, अमिलिया–लमही सडक खण्ड, भालुवाङदेखि प्युठान जोड्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि सञ्चालन भएको छ । दाङको सदरमुकाम लमही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडक खण्ड पनि केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक खण्डको ठाउँठाउँमा लेदोसहितको पहिरो झरेर दुई दिनदेखि सडक बन्द थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको लामो प्रयासपछि पहिरो हटाइएको हो ।