काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।
आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगका अनुसार उनीहरुको नामलाई ब्लक सूचीमा राखिएको छ । उम्मेदवारी मनोनयन गर्न गएमा सिस्टममा इन्ट्री हुने छैन । जरिमाना बुझाएपछि मात्रै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दर्ता हुनेछ ।