• जेष्ठ ४ २०८३, सोमबार

डीभीको आवेदन खुला, यसरी भर्न सकिन्छ

आश्विन २१ २०७९, शुक्रबार
काठमाडाैं ।  डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरिएको छ  ।

अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको हो ।

१९ असोज बुधवारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ।

स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।