• बैशाख २७ २०८३, आईतवार

कारबाहीमा परेका कार्यकर्तालाई काँग्रेसले भन्यो- पार्टीलाई विजयी गराउन लाग्नुस्

आश्विन १८ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले उक्त अपिल गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

‘स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ।’