काठमाडौं । यसवर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन मौसमबिद्हरुले सुझाव दिएका छन् ।
हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बुधबार देशभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।