• बैशाख २७ २०८३, आईतवार

सिट बाँडफाँडबारे अन्तिम टुंगो लगाउन गठबन्धन बैठक जारी

आश्विन १८ २०७९, मंगलवार

काठमाडौं । सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक जारी छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो ।

सोमबार बसेको बैठकले सिट बाँडफाँडको सहमति जुटाउन नसकेपछि मंगलबार पुनः बैठक सुरु गरिएको जनाइएको छ ।

बैठकमा कांग्रेस, जसपा र माओवादी केन्द्रबीचमा पनि सहमति जुट्न सकेको छैन । मंगलबार बसेको बैठकले सहमति जुटाउन सक्ने बताइएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको भन्दै असन्तुष्टि पोखेका थिए ।

त्यसयता यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन् भने नेपाल मौन छन् ।