• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट ९ जनाले लिए उम्मेद्वारी फिर्ता

आश्विन १७ २०७९, सोमबार

काठमाडौं । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवार मध्ये बन्दसूचीमा परेका २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता गुरु वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।