• श्रावण १२ २०८३, मंगलवार

बैतडीमा अटोरिक्सा दुर्घटना, ७ जना घाइते

आश्विन १७ २०७९, सोमबार

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र ९ वर्षीय जनक थलाल घाइते भएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए ।