• बैशाख २७ २०८३, आईतवार

शेखर पक्षलाई २५ प्रतिशत समानुपातिक सूचीमा समेट्ने भएपछि कांग्रेसमा सहमति जुट्यो

आश्विन १६ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् ।

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो । यसअघि समानुपातिकमा आफूहरुको १२ जनाको नाम मात्रै समेटिएको भन्दै शेखर पक्षले धर्ना, जुलुस लगायतको कार्यक्रम गरेको थियो ।