• जेष्ठ ४ २०८३, सोमबार

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकामा बिहानैदेखि जाम

आश्विन १५ २०७९, शनिबार

काठमाडौं ।  काठमाडौं उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । हिजोमात्रै डेढ लाख जनाले काठमाण्डौ उपत्यका छोडेका छन् । आज बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जाम बढेको छ ।

दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै उपत्यका छोड्ने बाटो  जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाडौं  उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यी क्षेत्रमा लागेको भिडलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा एक हजार जना ट्राफिक प्रहरी खटिएका कार्यालयले जनाएको छ ।