काठमाडौं । आफ्नै छोराको हत्या गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका ११ बिजयनगरका ४५ वर्षीय लौरंगलाल थारुले आफ्नो छोरा २० वर्षीय बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए ।
बोतल प्रहारबाट घाइते भएका बिबेकको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएपछि बाबु लौरंगलाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।